तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले ल्याएको सञ्चार विधेयकको विरुद्धमा सञ्चारकर्मीहरु


जनकपुरधाम । प्रदेश २ को सरकारले ल्याएको सञ्चार विधेयकको विरुद्धमा सञ्चारकर्मीहरु आन्दोलित भएका छन् । संचार विधेयक निरंकुश भएको भन्दै जनकपुरधामका केही पत्रकारले नै विधेयकका प्रतिलिपि जलाएर विरोध गरेका छन् ।

पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारले स्थानीय जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका छन् ।

कुनै पनि मिडियामा समाचार आउँदा त्यसको प्रमुख जिम्मेवार सम्पादक वा मालिक भए पनि पत्रकारलाई मात्र दोषी देखाएर जरिवाना लिने प्रावधान विधेयकमा राखिएको भन्दै विधेयक जलाएर विरोध गरेका छन् ।

सञ्चारसम्बन्धी विधेयकमा थुप्रै त्रुटि रहेकाले नसच्चयाएसम्म आन्दोलन जारी रहने पत्रकारहरुले जानकारी दिएका थिए । उक्त विधेयक गत वर्ष प्रदेश सभामा पेश भएदेखि नै विवादित रहँदै आएको छ । यो विधेयक गत शनिबार प्रदेश सभाबाट सर्वसहमत पारित गरिईएको थियो ।

विधेयक प्रति नेपाल पत्रकार महासंघ तथा प्रदेश पत्रकार महासंघले पनि विरोध गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button