तपाईँ सुन्दै हुनुहुन्छः

सरकारी अनुदानपछि किसानहरु उत्साहित


रुकुम पश्चिम । रुकुम पश्चिमका कृषकहरु व्यवसायिक पशुपंक्षीपालनमा लागेका छन । यसअघि निर्बाहमुखि पशुपालन गर्र्द आएका किसानहरु व्यवसायिक रुपमा फार्म संचालन गरेर पशुपंक्षी पालन गरिरहेका छन । पशु अस्पताल तथा पशु सेवा कार्यालय मार्फत कृषकहरुलाई अनुदान तथा प्रोत्साहन रकम प्रदान गरेपछि कृषकहरु झनै उत्साहिक भएका छन ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिम मार्फत कृषकहरुलाई अनुदान तथा प्रोत्साहन रकम प्रदान गरेपछि कृषकहरु उत्साहित भएका छन । ग्रामीण पशुपालन व्यवसायलाई व्यवसायमुलक तथा पेशागत व्यवसायमा परिवर्तन गर्ने, स्थानीय पशुपंक्षीमा नश्ल सुधार, पशु आहारामा सुधार तथा पशु स्वास्थ्य सेवा प्रदान गरी पशुहरुबाट कृषकको आयश्रोतमा वृद्धि गराउनका लागि कार्यक्रमहरु केन्द्रित रहेका छन । कार्यालयले अल्पकालिन र दीर्घकालिन उदेश्यअनुरुप ग्रामिण क्षेत्रको कृषि र पशुपालनलाई पनि जोड दिएको छ ।

कार्यालय मार्फत यस वर्ष जिल्लाका सबै स्थानीय तहमा विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गरिएको छ । पशुपालन गर्ने कृषकलाई व्यवसायिकतातर्फ कार्यालय मार्फत ३ दर्जन बढी अनुदानमुखि कार्यक्रमहरु संचालन गरिएको छ । जसमा चिस्यान केन्द्र स्थापना अन्तरगत ४ वटा दुग्ध सहकारी तथा डेरी उद्योगलाई अनुदान उपलब्ध गराईएको छ । कार्यालयको अनुदान पछि डेरी तथा दुग्ध सहकारी संस्था मार्फत गाउँगाउँको दुध संकलन गर्ने र बजारीकरण गर्नमा ठुलो सहयोग पुगेको नागरिक दुग्ध सहकारी संस्था मुसिकोटका कोषाध्यक्ष लालबहादुर श्रीपालीले बताउनुभयो ।

विगतमा निर्बाहमुखि कृषि कर्म गरिरहेका किसानहरुले पछिल्लो केहि वर्षदेखी अनुदान तथा प्रोत्साहन रकमका कार्यक्रमले सामुहिक रुपमा आयआर्जनमा लाग्न प्रेरित गरेको जनप्रतिनिधीहरु पनि बताउँछन् । स्थानीय सरकारहरुले पनि कृषि तथा पशुपालनसम्बनधी आवश्यक काम र कानुन बनाउने काम गरिरहेको भनाई छ ।

सरकारले प्रदान गरेका कार्यक्रमहरु कृषि र पशु व्यवसाययसंग जोडिएका किसानसंग पुगेको स्थानीय जनप्रतिनिधिको भनाई छ । यसले गर्दा सरकारी अनुदान तथा प्रोत्साहनले यस जिल्लाको कृषि, पशुपालन र दुग्धजन्य पदार्थका लागि आत्मनिर्भर मात्र नभएर पशुपालनबाट राम्रो आम्दानी गर्न समेत सुरुवात गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button