तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा बहिराहरुको लागि विद्यालय सञ्चालन हुँदै

वीरगञ्ज । वीरगञ्जमा अब बहिराहरुका लागि विशेष विद्यालय सञ्चालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीको पहलमा वीरगञ्ज महानगरपालिका वडा न. १३ राधेमाईमा पहिलो पटक बहिरा विद्यालय सञ्चालनमा आउन लागेको हो ।

विद्यालय सञ्चालनको लागि वीरगञ्ज महानगरपालिकामा आज एउटा बैठक मार्फत विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छ ।

शुक्रबार महानगरपालिका कार्यालयमा बसेको बैठकले स्थानीय बुद्धिजीवि मिना श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको छ ।

विद्यालयमा अब पर्सा जिल्ला र आसपासका क्षेत्रमा रहेका बहिराहरुले नियमित शिक्षा प्राप्त गर्न सक्ने छन् । बैठकमा नगरप्रमुख सरावगीले शारीरिक रुपमा अपाङ्गता भएको व्यक्तिका लागि आफुले धेरै दिन देखि काम गर्न खोजेपनि विभिन्न कारणले गर्न नसकेको अवस्थामा अहिल बहिरा विद्यालय सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

वडा नं. १२ का वडा अध्यक्ष तुफान अन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, शैक्षिक प्रशासन महाशाखाका हरि राउत कुर्मी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मिना श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय विद्यालय व्यवस्थापन समिति समेत गठन गरिएको छ । समिति मा तुफान अन्सारी, कमल चौगाई, अजय कुमार साह, सगुन श्रेष्ठ, नितु गुप्ता, हरिदेश्वर प्रसाद कुर्मी, रिता क्षेत्री, रहनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button