तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा होम क्वारेन्टिनमा रहेकी एक महिलाको मृत्यु

अत्तरिया कैलाली । कैलालीको गोदावरी नगरपालिका–१० मा एक महिलाको मृत्यु भएको छ ।

जेठ २६ गते भारतबाट फर्केकी ४८ बर्षीया उनी निर्धारित समय स्थानीय तहले तयार गरेको क्वारेनटिनमा बसेर घर गएकी थिइन् ।

वडा अध्यक्षको निगरानीमा होम क्वारेनटिनमा रहेकी महिलाको गए राति मृत्यु भएको गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले बताउनुभयो ।

महिलामा प्यारालाइसिस र रक्तचापको स्वास्थ्य समस्या रहेको समेत उहाँले जानकारी दिनु भएको छ ।

अहिले स्वाब सङ्कलन भएको र त्यसको रिर्पाेट आएपछि मात्रै शवको व्यवस्थापन गरिने समेत मेयर साउद जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button