तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

वीरगन्ज । बाराको कलैया उपमहानगरपालिका–२३ सिसहनियामा आज तीव्र गतिमा रहेका दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

सिसहनिया चोकमा ना२०प १०२४ नम्बरको मोटरसाइकल र ना३१प ७८३९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ना२०प १०२४ नम्बरका मोटरसाइकल चालक कलैया उप महानगरपालिका वडा नम्बर २ निवासी २५ वर्षीय ऋतिक यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

दुर्घटनामा कलैया उप महानगरपालिका वडा नम्बर २ निवासी रामराज यादव, फेटा गाउँपालिकाका कन्हैया साह र विशाल साह गम्घिर घाइते भएका छन् ।

घाइतेहरूको वीरगन्ज न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button