तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा चट्याङ लागेर ८ वर्षीय बालकको मृत्यु, एक जना गम्भीर घाइते 

बाजुरा ।  बाजुराको बुढिनन्दा नगरपालिका वडा न १० पाण्डुसैनको काला पाटन भन्ने ठाउँस्थित भैसीखर्कमा बसिरहेका बेला राती परेको चट्याङ लागेर ८ बर्षिया बालक दिपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने  मृतकका ठुला बुवा ५५ वर्षका सौरे बोहरा पुरै शरीर नचल्ने गरी गम्भीर घाइते भएको  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

अस्थायी प्रहरी पोस्ट पाण्डुसैनबाट घटनास्थलतर्फ गएको प्रहरी टोलीले मृतक बालक र घाइते बोहोरालाइ डोकोमा हालेर जिल्ला अस्पताल बाजुरामा ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी टङ्क प्रसाद भट्टराईले जानकारी दिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button