तपाईँ सुन्दै हुनुहुन्छः

पाँच सहयोगीसहित अध्यक्षद्वयबीच निर्णायक छलफल

फाइल तस्बिर

काठमाडौं। नेपाल कम्यूनिष्ट पार्टी, नेकपाभित्र चर्किएको विवादको समाधान र पार्टी अध्यक्षद्वयबीच सहमति खोज्न अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको दुई अध्यक्षबीचको छलफलमा पार्टीका अन्य ५ जना नेता पनि सहभागी हुनुहुन्छ ।
छलफलमा अध्यक्षद्वयबीच सहजीकरण गर्न पार्टी स्थायी समित सदस्य एवं उप्रप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य एवं प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा र उर्जामन्त्री वर्षमान पुन पनि सहभागी हुनुहुन्छ ।

यसअघि अध्यक्षद्वयबीच शुक्रबार पनि छलफल भएको थियो तर कुनै निश्कर्ष निस्केको थिएन ।

अध्यक्षद्वयबीच सहमति जुटाउने उद्देश्यले हिजो शनिबार बोलाइएको स्थायी समिति बैठक भोलि सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
यसैबीच राष्ट्रपति विद्यादेबी भण्डारीसँग नेकपा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधबकुमार नेपालले आज भेटवार्ता गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button