तपाईँ सुन्दै हुनुहुन्छः

बाह्रै महिना रोजगार कार्यक्रमको माग

 सुर्खेत । कर्णालीका दश ओटै जिल्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम लागु गरिएको छ । कोरोनाले बेरोजगार भएका नागरिकहरुलाई कार्यक्रमले राहत दिएपछि बाह्रै महिना रोजगारमुलक कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।

कोभिड–१९ का कारण भारत लगायतका तेस्रो मुलुकबाट हालसम्म ४७ हजार नागरिक कर्णाली भित्रिएका छन् । स्वदेशमै रहेका र विदेशबाट गाउँ फर्किएकाहरु बेरोजगार बनेका बेला मुख्यमन्त्री रोजगार कार्यक्रमबाट नागरिकहरु उत्साहित बनेका छन् । गरिवी न्यूनिकरण गर्ने उद्देश्यले मुख्यमन्त्री रोजगार एवं मुख्यमन्त्री दलित आय आर्जन कार्यक्रमले स्थानीय नागरिकहरु रोजगारीमा जोडिँदा खुशी भएका हुन् । गाउँमै रोजगार पाउँदा खुशी भएकी कविता शाहीले बाह्रै महिना काम पाउने योजनाहरु सञ्चालन गर्न सरकारसँग माग गर्नु हुन्छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रम तर्फ ३० करोड र मुख्यमन्त्री दलित आयआर्जन कार्यक्रम तर्फ दश करोड रुपैयाँ स्थानिय तहमा पठाईएको छ । पालिकामा पठाईएको बजेट खानेपानी, सिंचाई, तट्बन्ध, सडक, जलासय, सार्वजनिक र सामुदायिक भवन जस्ता विकास आयोजनाहरुमा श्रमप्रधान रोजगारी सृजना हुने गरि खर्च भईरहेको हो । मेशीन प्रयोग नगरि स्थानीय नागरिहरुलाई रोजगारी दिएर बराहताल गाउँपालिकाले बरियापानीदेखि डोटेपाटासम्म जोड्ने कृषि सडक निर्माण गरिरहेको छ । आर्थिक वर्ष सकिने संघारमा बजेट निकासा भएपनि नागरिकहरुलाई कोरोना संकटमा रोजगारमुलुक कार्यमा जोडेको बराहतताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतको भनाइ छ ।

कोरोना प्रकोपका कारण ढिलोगरि असारमा बजेट निकासा भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । तर, अब आउँदा वर्षमा भने सरकारले नागरिकलाई वर्षभरी नै काम दिने खालका योजना ल्याउन आवश्यक देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button