तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले च्यापिएर शिशुको ज्यान गयो, आमा गम्भीर घाइते

डोटी । डोटीमा पहिरोले च्यापिएर एक ६ महिने शिशुको ज्यान गएको छ । पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोट टोल बस्ने भक्त नेपालीका ६ महिने छोरा छत्र नेपालीको पहिरोले च्यापिएर ज्यान गएको हो । अबिरल वर्षासँगै आइतबार बिहान घर पछाडीबाट आएको पहिरोले च्यापिएर उनको ज्यान गएको हो ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याउने तयारी भईरहेको सानागाउँ प्रहरीचौकी इञ्चार्ज नारायण बडुले जानकारी दिए । मृतक शिशुकी आमा २५ वर्षिया देवा नेपाली पनि पहिरोमा च्यापिएर गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा ल्याएर उपचार भईरहेको छ ।

उनको कम्मर भन्दा तल्लो शरीर पहिरोले च्यापिएर गम्भीर चोट लागेको जनाईएको छ । अहिले दुःखाई कम गर्न इन्जेक्शन मात्रै दिईएको र एक्सरे रिपोर्ट आईनसकेका कारण के कति चोटपटक लागेको छ भनि भन्न नसकिने उपचारमा संलग्न जिल्ला अस्पतालका डाक्टर प्रकाश ठकुल्लाले जानकारी दिए ।

पहिरो आएको समयमा घरभित्र भक्त नेपालीका श्रीमती, दुइ छोरा र एक छोरी गरी ५ जना रहेकोमा अरु भने भागेर बाँच्न सफल भएका छन् ।

ढुङ्गाले चिनेको र टिनले छाएको घरपछाडीबाट आएको पहिराले घरभित्रको सबै सरसामान पूर्ण क्षती भएकाले झण्डै ५ लाख बढिको क्षती भएको स्थानीय बासिन्दा समेत रहेका नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका सभापती लक्षीराम कुँवरले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button