तपाईँ सुन्दै हुनुहुन्छः

बुढिगंगा नदीमा डुबेर एक बालक बेपत्ता

बाजुरा  । बाजुरा जिल्लाको बुढिगंगा नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका वडा न २ ताप्रा बस्ने वर्ष १५ का प्रताप थापा रहेका छन् ।

उनी बुढिगंगा नदिकाे द्धारी खोला भन्ने ठाउँमा डुबेर बेपत्ता भएको भन्ने प्रारम्भिक जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिङ ठगुन्नाले बताउनु भएको छ ।

के -कति कारणले साे घटना भएको भन्ने विषयमा प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराई लगायतको टोली  घटनास्थलतर्फ गइसकेको प्रहरी निरीक्षक ठगुन्नाले बताउनुभयो।

काठमाडौँमा पढ्ने बेपत्ता थापा लकडाउनपछि घर आएका बुझिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button