तपाईँ सुन्दै हुनुहुन्छः

सल्यान अस्पतालको सेवा पुनः सञ्चालनमा

सल्यान । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरेको सल्यान अस्पतालले पुनः सेवा सञ्चालन गरेको छ । असार ११ गतेदेखि बन्द रहेका अस्पतालका सम्पूर्ण सेवाहरु सोमबारदेखि सञ्चालनमा आएको अस्पतालले जनाएको छ ।

असार ९ गते अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेक अन्य सेवा बन्द गरेको थियो ।

कोरोना भाइरस नियन्त्रणका लागि बन्द गरिएको सेवा सोमबारबाट सञ्चालन गरिएको सल्यान अस्पतालका डा. अर्जुन बुढाले बताउनुभयो ।

कोरोना पेजेटिभ देखिएका स्वास्थ्यकर्मीको पछिल्लो पिसिआर रिर्पोट नेगेटिभ आएपछि अस्पतालका सम्पूर्ण सेवाहरु सञ्चालनमा ल्याएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि केही समय बन्द भएको सेवा पुनः सञ्चालनमा ल्याएका छौं ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button