तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं महानगरद्वारा ‘ए’ डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्लाका ‘ए’ डिभिजन क्लबलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

महानगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौंका ६ ‘ए’ डिभिजन क्लबलाई प्रति क्लब १० लाखका दरले ६० लाख रुपैया सहयोग रकम हस्तान्तरण गरेको हो ।

क्लबका अध्यक्ष तथा प्रतिनिधिलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत एक नारायण अर्याल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले चेक हस्तान्तरण गर्नुभयो । महानगरले गतवर्षदेखि यो कार्यको थालनी गरेको थियो ।

मछिन्द्र क्लब, मनाङ–मस्र्याङ्दी क्लब, संकटा क्लब, हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी) र सरस्वती क्लब महानगरबाट सहयोग रकम पाउने ‘ए’ डिभिजन क्लब हुन् । सरस्वती यसपटक ‘बी’ डिभिजनमा घटुवा भएको छ ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले अघिल्लो वर्ष नै हुनुपर्ने कार्यक्रम केही ढिला हुन पुगेको बताउदै अर्काे वर्ष नियमित समयमै रकम हस्तान्तरण गरिने बताउनुभयो ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले यस्ता किसिमको निरन्तरको सहयोगले क्लबलाई फाइदा हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button