तपाईँ सुन्दै हुनुहुन्छः

राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त हुनुुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले सोमबार ढकाललाई कार्यवाहकको जिम्मेवारी दिएको हो ।

असार २१ गतेको मन्त्रीस्तरीय निर्णयानुसार ढकाललाई सदस्य–सचिवको जिम्मेवारी दिइएको हो । ढकाल मन्त्रालयको खेलकुद विभाग महाशाखा प्रमुखको जिम्मेवारी रहनुभएको थियो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ऐन कार्यान्यनको सुरुवात गरेको छ नयाँ खेलकुद विकास ऐन गत बिहिबारबाट लागू भएसंगै राखेपको सदस्य सचिव पद रिक्त रहेको छ । खेलकुद विकास ऐन २०४८ निष्क्रिय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button