तपाईँ सुन्दै हुनुहुन्छः

पुनद्वारा चन्द समूह परित्याग

रुकुमपूर्व । रुकुम(पूर्व)मा नेत्र विक्रम चन्द समूहका एक नेताले समूह परित्यागको घोषणा गर्नुभएको छ ।

 

सिस्ने गाउँपालिका–८ का ३८ वर्षीय जिल्ला सेक्रेटरी भनिने देवीलाल पुनले  सोमबार जिल्ला प्रशासन कार्यालयमा पुगेर पार्टी त्यागको घोषणा गर्नुभएको हो ।
स्वेच्छिक रुपले समूह परित्याग गर्दै अब स्वतन्त्र हिसाबले व्यवसायमा लाग्ने पुनले प्रतिबद्धता जनाउनुभएको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button