तपाईँ सुन्दै हुनुहुन्छः

मंगोलियामा बाढीबाट ८ मानिस र हजारौँ चौपाया मरे

उलनबाटोर- मंगोलियामा आएको भिषण बाढीमा परेर यहाँका आठ जना नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । साथै यहाँ सो बाढीका कारण हजारौँ पशु बगेर मरेका छन् । त्यसैगरी यहाँका हजारौँ व्यक्ति घरबारबिहीन भएका छन् ।

शुक्रबार र शनिबार मंगोलियाका विभिन्न प्रान्तमा अविरल परेको पानी र त्यसपछि आएको बाढीले आठ जना व्यक्तिको ज्यान गएको र हजारौैँ पशु चौपाया पनि त्यसमा परेर मारिएका बताइएको छ ।

मंगोलियाको दक्षिणी र पूर्वी प्रान्तहरुमा वर्षा र बाढीले बढी क्षति पु¥याएको बताइएको छ । यी क्षेत्रका कम्तीमा तीन ओटा प्रान्तमा कम्तीमा पनि सात हजार पशु चौपायाहरु मारिएका छन् ।

ती प्रान्तका २ हजार ३०० भन्दा बढी घर पनि नष्ट भएका छन् । कतिपय बस्ती नै बाढीले बगाएको बताइएको छ ।रासस–सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button