तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर एक जनाको निधन

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रवस्तीकी १९ वर्षीया किशोरी सरस्वती धामीको विद्युतीय करेन्ट लागेर ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार, मंगलबार बिहान पानी परिरहेको समयमा किराना पसलको सटर खोल्ने क्रममा सटरबाटै विद्युतीय करेन्ट लागेर धामीको ज्यान गएको हो ।

मृतक किशोरीको शव परीक्षणका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा लगिएको र शव परीक्षण पश्चात परिवारजनले शव बुझिलिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button