तपाईँ सुन्दै हुनुहुन्छः

पूँजी बजारको समस्या समाधानका लागि प्रतिवेदन पेश

काठमाडौैं । प्रतिनिधि सभा अर्थ समितिको पूँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन गर्न गठित उपसमितिले पूँजी बजार र मुद्रा बजारमा देखीएका नीतिगत, कानुनी र व्यवस्थापकीय समस्या समाधान गर्नका लागि सुझाब सहितको प्रतिवेदन समितिलाई बुझाएको छ ।

समितिको आज सिंहदरवारमा बसेको बैठमा सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित उपसमितिले नेपाल धितोपत्रबोर्ड लगायतका नियमनकारी निकायको नियमन क्षमता र समन्वयकारी भुमिका प्रभाबकारी बनाउनु पर्ने, राष्ट्र बैंकले नगद रहित कारोबार (विद्युतिय भुक्तानी)लाई प्राथमिकता दिनुपर्ने , पूँजी र प्रविधि सहितको पुर्नसंरचनाको आवश्यकता लगायतका सुझाब सहितको प्रतिबेदन समितिलाई बुझाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button