तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा कोरोना जितेर घर फर्किनेको संख्या ४७ पुग्यो

पाल्पा । पाल्पामा कोरोना जितेर घर फर्किनेको संख्या ४७ जना पुगेको छ । पाल्पामा पछिल्लो समय संक्रमण जितेर घर जानेको संख्या १८ बाट बढेर ४७ जना पुगेको हो ।

सोमबार रैनादेवी छहराका २९ र रम्भा गाउँपालिकाका १७ जना कोरोना जितेर घर फर्किए संगै निको भएर घर फर्किनेको संख्या ४७ पुगेको हो । पाल्पामा हाल सम्म ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

रम्भा गाउँपालिकामा २५ जना, रैनादेवी छहरा गाउँपालिकाका १४ जना, माथागढी गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, रामपुर नगरपालिकाका २ जना, निस्दी गाउँपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना रहेका छन् ।

उनीहरू सबैको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । संक्रमित मध्ये पूर्वखोलाका एकका ४५ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button