तपाईँ सुन्दै हुनुहुन्छः

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सडकमा मास्क बाड्दै

 तनहुँ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सचेतना जगाउन तनहुँका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले मंगलबार दमौली बजारमा मास्क बाडेका छन ।

कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाइ अनुरोध गर्दै प्रहरी सहितको टोलीले मंगलबार बिहान दमौली बजारमा मास्क वितरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँको तर्फबाट १ सय र जिल्ला प्रहरी कार्यालय तनहुँको तर्फबाट १ सय गरी २ सय मास्क बजारमा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

दमौलीको मेनचोक, सफासडक, मालपोत लाइन लगायतका स्थानमा उक्त टोलीले मास्क नलगाएका सर्वसाधारण एवं व्यापारीलाइ मास्क वितरण गरिएको थियो ।

गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका जनाएको छ ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दुरी कायम गर्नुपर्ने सरकारले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button