तपाईँ सुन्दै हुनुहुन्छः

पक्किघरमा पाएपछि दङ्ग

विराटनगर । मोरङ रंगेली नगरपालिका–७ की रजिया ऋषिदेवले जनता आवास कार्यक्रम अन्र्तगत बनेको घरमा बस्न पाएपछि दङ्ग हुनु भएको छ । आफ्नो सात पुुस्तापछि पक्किघरमा वस्न पाएको ४१ वर्षिय रजियाले बताउनुभयो । अर्का स्थानिय रामे ऋषिदेवले पनि यसरी नयाँ घर पाइन्छ भनेर आफुुले कहिले न सोचेको वताउनुुभयो ।

मोरङ जिल्लामा जनता आवाश कार्यक्रम संचालनमा आएपछि गरिव विपन्न सुुकुुम्वासी अल्पशख्यक तथा सिमान्तकृत परिवारले टिनको छाना भएको दुुई कोठे वरन्डा सहितको पक्किघर पाएका छन ।

कार्यक्रम अन्र्तगत चालुु आर्थिक वर्षमा मोरङ जिल्लामा ४ सय ८६ घर निमार्ण भई समुुदायलाई हस्तान्तरण भएको शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले जनाएको छ । मोरङका १७ वटै स्थानिय तहमा यो कार्यक्रम संचालनमा छ । कटहरी गाउपालिकाका अध्यक्ष रामकुुमार कामतले साझेदारी संस्थाको सहयोगमा गाउपालिकामा कार्यक्रम संचालन भई रहेको वताउनुुभयो ।

लाभग्रही अति विपन्न भएकाले रकम व्यर्होन नसक्दा घरहरु पुुर्ण रुपमा निमार्ण हुुन सकेका छैनन । कार्यालयका सव इन्जिनियर शिवनारायण यादवले घर निमार्णमा केहि वजेट थप गर्न सके लावाग्रहीलाई राहत हुुने वताउनुुहुुन्छ । कार्यक्रम अन्र्तर्गत एउटा घरको निमार्ण लागत ३ लाख ३२ हजार ५ सय रुपैया रहेको छ । त्यसमध्ये लाभग्राहीले दश प्रतिशत व्यहोर्नु पर्ने हुुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button