तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा कोरोना संक्रमितको संख्या २२३ पुग्यो


सल्यान । सल्यानमा मंगलबार थप सात जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्जमा गरिएको परीक्षणमा सात जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा त्रिवेणी गाउँपालिकाका ३, कपुरकोट गाउँपालिकाका १, शारदा नगरपालिकाका १ र बनगाड कुपिण्डे नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार सात जना थपिएसँगै सल्यानमा कोरोना संक्रमितको संख्या २ सय २३ पुगेको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ५ का १५ वर्षिय पुरुष र वडा न ७ का ३२ वर्षीय पुरुष रहेका छन् ।

कार्यालयका अनुसार शारदा नगरपालिकामा ४, बागचौर नगरपालिकाका ११, बनगाड कुपिण्डे नगरपालिकाका १५१, कुमाख गाउँपालिकाका २६, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकामा ८, कपुरकोट गाउँपालिकामा २, दार्मा गाउँपालिकामा १५ र जिल्ला अस्पताल सल्यानमा १ जनामा कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि भएका मध्ये मंगलबारसम्म १ सय ५८ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button