तपाईँ सुन्दै हुनुहुन्छः

सांफे मार्तडी सडक खण्ड पुर्णरुपमा अबरुद्ध

बाजुरा । लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउ ठाउमा पहिरो आएपछि मंगलवार राति बाट सडक पुर्णरुपमा अबरोध भएको छ । सडक अवरुद्ध बने संगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको छ ।

पहिराले बडिमालिका नगरपालिकाको पानिनाउला, बल्दे, अम्कोट, तिपाडा, तथा बुढिगंगा नगरपलिकाको दवारी लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो गइ सडक भासिएर यातायातका साधन संचालन मा समस्या आएको छ। मंगलवार देखी आएको वर्षाले पानीनाउलामा पहिरो गएपछि बुधवार बिहान बाट यातायातका साधन आशिंकरुपमा जोखिम मोलेर चलेका थिए।सडक अबरोध पछि प्रशासनले बारबार खुलाउने प्रयास गरे पनि निरन्तरको पानीले पहिरो एकोहोरो बगिरहेकाले सडक खुलाउन जोखिम रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनु भएको छ।

सडक खण्ड अबरुद्ध सगै ब्यवसाइलार्इ दैनिक उपभोग्य सामग्री ढुवानिमा समस्या आएको छ भने स्थानियलाई दैनिक जिबिकाका क्रियाकलाप गर्न असहजता भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button