तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीका किसान फलफूल खेतीतर्फ आकर्षित

म्याग्दी । म्याग्दीका किसान अन्नबालीभन्दा फलफूल खेतीतर्फ आकर्षित भएका छन् ।

परम्परागत रूपमा धान, मकै, गहुँ, कोदो खेती गर्दै आएका किसानले पछिल्लो समय आफ्नो खेतबारीमा सुन्तला, कागती, ओखर र केराका बिरुवा लगाउन थालेका छन् ।

अन्नबालीको तुलनामा कम मिहिनेत र थोरै लगानीमा छिटो नगद आम्दानी लिन सकिने भएकाले आफूहरु अन्नबालीको विकल्पमा फलफूल खेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका सबै वडामा अहिले अन्नबालीको तुलनामा फलफूल तथा तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button