बैतडीका दुई सय ६५ जना कोरोना सङ्क्रमित डिस्चार्ज
बैतडी । बैतडीका दुई सय ६५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्लाका सबै स्थानीय तहमा गरेर हालसम्म दुई सय ९५ जनामा कोरोना पुष्टि भएकोमा ३० जना मात्रै जिल्लाका विभिन्न आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
डिस्चार्ज गरिनेमा अधिकांश कोरोना पुष्टि भएको १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएका रहेका छन् ।
डिस्चार्ज हुनेमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेको पञ्चेश्वरका ६० जना मध्ये १६ जना मात्रै आइसोलेसनमा छन् ।
यस्तै शिवनाथका सङ्क्रमित ४८ जना, दोगडाकेदार गाउँपालिका ४३ जना, डिलासैनी गाउँपालिकाका सात जना र सुर्नया गाउँपालिकाका १४ जना सबै डिस्चार्ज भइसकेका छन् ।
यस्तै सिगास गाउँपालिकाका ४० सङ्क्रमितमध्ये चार जना, दशरथ चन्द नगरपालिकाका ३४ जना सङ्क्रमितमध्ये पाँच जना, पाटनका १४ जना सङ्क्रमितमध्ये दुई जना, मेलौली नगरपालिकाका २७ जना सङ्क्रमितमध्ये दुई जना र पुरचौडी नगरपालिकाका आठ सङ्क्रमितमध्ये एक जना मात्रै हाल आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्