तपाईँ सुन्दै हुनुहुन्छः

निजगढमा थारु साँस्कृतिक संग्रहालय भवन निर्माणको शिलन्यास


बारा । बाराको निजगढ नगरपालिकाको वडा नं.४ मा थारु साँस्कृतिक संग्रहालय भवन निर्माणको आज शिलन्यास भएको छ । भवन निर्माणको शिलन्यास निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले धार्मिक बिधिअनुसार पुजापाठ गरि गर्नुभएको थियो ।

नगरपालिकाले कछडिया टोलमा सँस्कृति संग्रहालय भवन निर्माणका लागि २५ लाख रुपैया बिनियोजन गरिएको छ । कछडिया जातिको आफनो छुट्टै भाषा , सँस्कृति, भेषभुषा , रहनसहन रहेको छ । यो जाती नेपालमा थोरै सङख्यामा रहेकाले यीनीहरुको पौरात्तिवक बस्तु र सँस्कृतिलाई जोगाउँन नगरपालिका थारु साँस्कृतिक संग्रहालय भवन निर्माण गर्न लागेको नगर प्रमुख खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button