तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणधिन सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा पहिरोले क्षति

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ मा निर्माणधिन सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा पहिरोले क्षति पुर्याएको छ ।

यही असार २२ गते खसेको पहिरोले निर्माणाधिन भवनमा क्षति पुर्याएको वडा नं ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले बताउनुभयो ।

३७ लाखको लागतमा उदयदेव भूमीराज निर्माण सेवा कम्पनीले निर्माण गरिरहेको स्वास्थ्य केन्द्रको भवनमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको उहाँले बताउनुभयो ।

वडा नं ७ मा स्वास्थ्यचौकी नहुँदा स्वास्थ्य केन्द्र भवन निर्माणको काम भइरहेकोमा पहिरोले काममा बाधा पुर्याएको छ । पहिरोले निर्माणाधिन भवनमा १५ लाख बढीको क्षति पुर्याएको अनुमान गरिएको छ ।

पहिरोले त्यहाँका १५ घरजति जोखिममा समेत परेको वडा अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

बस्ती तलतिर पहिरो खसेपछि माथि रहेका घरहरु जोखिममा परेका हुन् । गत बर्ष पनि सुर्नया गाउँपालिका वडा नं ८ को मल्लोढोलेमा पहिरोले ६ घर परिवार विस्थापित भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button