तपाईँ सुन्दै हुनुहुन्छः

उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा

मेलम्ची । बाह्रविसे नगरपालिका– ५ स्थित जम्बुमा गएको बाढीमा घाइतेहरु र पीडित परिवारको उद्दारमा कुनै सम्झौता नहुने सभामुख अग्नीप्रसाद सापकोटाले बताउनुभएको छ ।

घटनास्थल जम्बु पुगेर फर्किनु भएका सभामुख सापकोटाले सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पत्रकारहरुसँग कुरा गर्दै उद्दार जारी रहेको र राहत सामग्री वितरण भइरहेको बताउनुभयो । ‘रातहको लागि गृहमन्त्रीसँग कुरा भएर हामीले वितरण सुरु गरिसकेका छौं’, सभामुख सापकोटाले भन्नुभयो– ‘घाइतेहरुको अहिले धमाधम उद्दार भइरहेको छ ।’ जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ ।

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल र वन, वातावरण तथा पर्यटन मन्त्री नेपाल लगायतको टोली घटनास्थलमै पुगि उद्दार कार्यमा जुटिरहेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button