तपाईँ सुन्दै हुनुहुन्छः

फोहोर उठाउन बन्दभएपछि नगर फोहोर बन्दै

जनपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको फोहोर उठ्न नसकेका कारणले नगरक्षेत्रमा ठाउँ ठाउँमा फोहोर थुप्रिएको छ ।

वर्षाका कारणले फोहर सामाग्रीहरु सडकको यत्रतत्र छरिएका कारणले नगरक्षेत्र झनै फोहर तथा बनेको छ । सडक राम्रो भएपनि सडक छेउँमा फोहोर थुप्रिएका कारणले सर्वसाधारणहरु नाक थुनेर हिडनका लागि विवस रहेका छन् ।

वर्षाले फोहरको दुर्गन्ध पखालिए पनि फोहोर सामाग्रीहरु सडकमा छरिएका छन् । फोहोरको व्यवस्थपनका लागि ल्याण्डफिल साईट नभएका कारणले समस्या भईरहेको जनकपुरधाम उपमहानगरपालिकाले जनाएको छ ।

यस अघि जनकपुरधाम उपमहानगरपालिकाले वडा नं १६ मा गर्दै आएको फोहरको व्यवस्थापन जग्गा धनीले रोकेपछि फोहोर उठन छाडेको छ । धार्मिक तथा विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको जनकपुरधाममा फोहरको व्यवस्थापनमा पटक पटक समस्या आउने गरेको छ ।

विगतमा एशियाली विकास वैंकको ऋण सहयोगमा ल्याण्ड फिलका लागि ४० करोड रकम दिएपनि जग्गा दिन नसकेका कारणले रकम फ्रिज भएका थिए । त्यसपछि फोहरको व्यवस्थापनका लागि ठोस पहल नगरपालिकावाट हुन सकेको छैन ।

सडक तथा ढलको कामकाज सम्पन्न भएपनि ल्याण्डफिल साईटको ४० करोड रकम फ्रिज भएका थियो ।

जनकपुरधाम उपमहानगरपालिकाले अव फोहरको व्यवस्थापनका लागि नीजि क्षेत्रलाई ठेक्का दिन थालेको उपमहानगरपालिकाका उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button