तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय प्रतिभा पुस्कार २०७६ बाट विभिन्न व्यक्तिहरु सम्मानित

काठमाडौं । राष्ट्रिय प्रतिभा पुस्कार २०७६ बाट विभिन्न व्यक्तिहरु सम्मानित हुनुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज मन्त्रालयमा एक समारोहको आयोजना गरीे विभिन्न विधाका श्रष्ठाहरुलाई जनही १ लाख नगद सहित प्रमाणपत्रद्धार राष्ट्रिय प्रतिभा पुस्कार २०७६ बााट सम्मान गरेको हो ।

पुरस्कृत हुनेहरुमा संस्कृती तर्फ काठमाडौंका बुद्धिनाराण श्रेष्ठ, भाषा साहित्य तर्फ दयाराम श्रेष्ठ “सम्भब” ललितकला तर्फ श्यामलाल श्रेष्ठ र संगीत तथा नाट्य विधा तर्फ सिराहाका सत्यनाराय चौधरी हुनुहुन्छ ।

सो समारोहमा प्रदेशमा रहेर भाषा, साहित्य ललितकला र नाट्यतर्फ कलम चलाउने विभिन्न ब्यतिmहरुलाई जनही ५० हजार नगद राशीको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै नगद १ लाख राशी रहेको महाकवि देवकोटा पुरस्कार, २०७६ कविता तर्फ तेह्रथुमका मोहन लाल श्रेष्ठ, निवन्ध र समालोचना तर्फ सल्यानका केशव सुवेदी, आख्यान र नाटक तर्फ काठमाडौंका पद्यावती सिंह, बाल साहित्य र लोक साहित्य तर्फ दैलेखका मधुसुदन गिरी र भाषा साहित्य सेवातर्फ भैरव रिसाललाई प्रदान गरियो ।

समान राशि रहेको गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार, २०७६ बाट काव्यतर्फ धादिङ निवासी प्रध्यापक घनश्याम उपाध्याय र नाटक विधातर्फ तेह्रथुमका प्राध्यापक डा. अभि सुवेदी सम्मानित हुनुभयो ।

समारोहमा २०७६ सालको पुष्पलाल राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको छ । पुरस्कृत हुनेहरुमा राजनीतिक र सैद्धान्तिक तर्फ ललितपुरका स्नेहलता गुरुवाचार्य र वन श्रेष्ठ ईतिहास तर्फ कपिलवस्तुका डा. माधब राज पन्थी र साहित्य संस्कृती र विज्ञान तर्फ राष्ट्रिय आविस्कार केन्द्र काठमाडौं रहेका छन् ।

त्यस्तै समारोहमा भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुस्कार, २०७६ पनि प्रदान गरिएको छ ।

समाज सुधार अभियान तर्फ जाजरकोटका नवराज वि.क. लाई मरणोपरान्त, मानव अधिकार तर्फ तनहुंका त्रिभुवनचन्द्र वाग्ले र सीप कला शिक्षा साहित्य लेखन तथा अनुसन्धान तर्फ बाँकेका तिलक परियारलाई प्रदान गरियो ।

समारोहमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भटराईले साहित्य र संस्कृतिको माध्यामबाट पर्यटन क्षेत्रको श्रीवृद्धि गर्न आदिकवि भानुभक्त सर्किट बनाईने बताउनुभयो ।

मन्त्री भट्टराईले साहित्य, कला र संस्कृतिको संरक्षण सरकारको दाईत्व भएको भन्नुहुदै आगामी वर्षदेखी प्रत्येक प्रदेशमा मनाईने कुनै एक चाँडपर्वलाई उल्लासमयरुपमा मनाईने बताउनुभयो ।

समारोहमा नेपाली कला संस्कृती, भाषा साहित्यको प्रतिनिधित्व गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधि, सर्जक श्रष्ठाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button