तपाईँ सुन्दै हुनुहुन्छः

५० बर्षदेखि गायन पेशामा आवद्ध मनोहर परियारको संर्घष, राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित


बैतडी । मनोहर राम दमाई (मनोहर परियार) अहिले ६५ बर्षमा लाग्नुभयो । १५ बर्षको उमेरदेखि सांगितिक यात्रामा लाग्नु भएका मनोहरले आफ्ना ५० बर्ष संगित कर्ममै बिताउनुभयो ।

जिल्लामा हुने सबैजसो सभा–समारोहमा मनोहरको प्रस्तुुतीले सधैँ स्थान पाउथ्योँ । एकताका उनको प्रस्तुति नभएको कार्यक्रम जिल्लामा बिरलै हुन्थ्यो । सबै दिवसहरु, जिल्ला स्तरिय प्रतियोगिताहरु, सभा– समारोहहरुमा उनि आफ्ना जनचेतनामूलक गीत गाउँथे । मनोहर ५० सालको दशकमा पटक सम्म तत्कालिन प्रधानमन्त्रि स्व. गिरिजा प्रसाद कोइरालाबाट समेत सम्मनित भएको सुनाउछन् । एक पटक त उनि १ल ाख नगद सहित सम्मानित भएको बताउछन् ।

मायाँ प्रेम बाहेक सामाजिक बिकृतिका बिरुद्ध र देशभक्ती गितहरु मात्रै रचना गर्ने मनोहर बैतडीको मेलौली नगरपालिका वडा न.१ देउनोलामा जन्मीएका हुन् । उनले ५० बढि जनचेतनामूलक र देशभक्ति गीतहरु बजारमा ल्याएका छन् ।

अहिले सम्म १ हजार बढी गीतहरु सामाजिक बिकृती र बिसंगतिका बिरुद्धमा रचना गरि बिभिन्न सभा–समारोहहरुमा प्रस्तुत गरेको उनि सुनाउछन् । उनले हालै कोरोना भाइरसका बिषयमा जनचेतनामूलक गीत बजारमा ल्याएका छन् भने उक्त गीत गाडीहरुमा बजाएर बिभिन्न स्थानिय तहहरुले जनचेतना फैलाएका थिए ।

मनोहर परियार गायनका साथै बाध्यबादनमा पनि उत्तिकै दख्खल राख्छन् । मादल, हार्माेनियम, हुड्को, बासँुरी बजाउनमा उनको दखलता छ ।

राष्ट्रिय प्रतिभा पुरुस्कारबाट सम्मानित

कलाकार मनोहर परियार सोमबार राष्ट्रिय प्रतिभा पुरुस्कार बाट सम्मानित भएका छन् । नेपाल सरकार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफुलाई राष्ट्रिय प्रतिभा पुरुस्कारबाट सम्मानित गर्ने खबर पाउदाँ खुसिको सिमा नरहेको उनी बताउछन् । परियार ५० हजार नगद सहित सम्मानित भएका छन् ।

आफुले ५० बर्ष सम्म सांगितिक यात्रामा लागेको प्रतिफल प्राप्त भएको उनि सुनाउछन् । मनोहर अहिले बैतडीमै भएकाले पुरस्कार बुझ्न उनका छोरा राजिव काठमाण्डौँ पुगेका थिए ।

मनोहरले यसअघि जिल्ला स्तरिय र तत्कालिन क्षेत्रिय स्तरबाट १ सय बढि सम्मानपत्र र नगद पुरस्कार समेत भित्रयाएका छन् ।

उनि भन्छन् हामी भौगोलिक रुपमा पनि निकै पिछडिएको क्षेत्रका मान्छेँ हौँ, सुदुरपश्चिम क्षेत्र त्यसैमा पनि बैतडी जिल्ला र म परियार समूदायको ब्यक्ति, हामीलाई जातिय रुपले समेत निकै हेपिन्थ्यो, अगाडी बढ्न निकै कठिन थियो, यस क्षेत्रका बिकृतीहरुको बिरुद्धमा गीत गाउनु पनि निकै चुनौतीपुर्ण थियो । मैले हरेक खाले सामाजिक बिकृतिका बिरुद्धमा गीत गाएको छु । जातिय बिभेदका बिरुद्धमा गीत गाएको छु । र सस्ंकृति जोगाउने डेउडा, ठाडिभाका र हुड्केउली गीतहरु गाएको छु, मनोहर भन्छन् ।

मनोहर जस्ता मेहेनति कलाकार सुदुरपश्चिममा केहि मात्रै भएको पुर्व शिक्षक देवेन्द्र भट्ट बताउछन् । मनोहर परियार अहिले राष्ट्रिय जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button