तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज कारागारमा एक महिला कैदीको उपचारको क्रममा मृत्यु

वीरगन्ज । वीरगन्ज कारागारमा बन्दी जीवन बिताइरहेकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

वीरगन्ज–महानगरपालिका वडा नम्बर १५ घर भएकी ४९ वर्षीया सविला खातुनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगन्ज कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिनुभयो ।

लागु औषध मुद्दामा उनी विरुद्ध पर्सा जिल्ला अदालतले १५ वर्ष कैद र पाँच लाख जरिवानाको फैसला गरेको थियो ।

१५ वर्ष कैद भुक्तानी गरिसकेकी उनी जरिवाना बापत कैद बसिरहेकी थिइन् । १५ वर्ष कैद भुक्तानी भइसकेको थियो, जरिवाना तिरेको भए उनी छुट्ने अवस्था थियो जेलर पोखरेलले बताउनुभयो ।

जरिवाना तिर्न नसकेर त्यसका लागि थप चार वर्ष कैद सजाय भोगी रहेकी खातुनको गए राति साढे ११ बजे उपचारको क्रममा निधन भएको हो । उनी क्रोनिक चर्म रोगको बिरामी थिइन् ।

उनलाई हृदयाघात भएको आशङ्का गरिए पनि मृत्युको कारण पोस्टमार्टमपछि मात्रै थाहा हुने उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button