तपाईँ सुन्दै हुनुहुन्छः

‘सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश समृद्ध हुन समय लाग्दैन’

वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबैजनाले आ–आफ्नो जिम्मेवारी पूरा गरे देश समृद्ध हुन समय नलाग्ने बताउनु भएको छ ।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा जारी विकास निर्माणका आयोजनाहरुको स्थलगत निरिक्षण पछि आज वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले ‘बेटी पढाउ, बेटी बचाउ’, लोक सेवा आयोग गठन, निजामती विधेयक तयार, २३ वटा कानून निर्माण, स्वच्छता अभियान, शहीद परिवारको अर्थोपार्जनका लागि कृषि सामाग्री वितरण, अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत र मधेश आन्दोलनका शहीद परिवारलाई रोजगारी उपलब्ध लगायतका धेरै काम गरिसकेको दाबी गर्नुभयो ।

उहाँले विकास निर्माणलाई पारदर्शि ढगले अगाडी बढाउनुपर्नेमा जोड दिदै सदाचारिता, इमान्दारिता र जवाफदेहिता अहिलेको मुलभुत विषय भएको बताउनुभयो । उहाँले सबै जनताले आ–आफ्नो स्तरबाट जिम्मेवारी निर्वाह गरे प्रदेश नम्बर २ एउटा समृद्ध प्रदेशको रुपमा स्थापित हुने दावी गर्नुभयो ।

एक फरक प्रसंगमा रेडियो नेपालसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ को सरकार पुरा समय टिक्ने बताउदै यो सरकारलाई अस्थिर बनाउने षडयन्त्र भए पनि ५ वर्ष टिकेरै छाडने दावी गर्नुभयो ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य विरेन्द्र यादव, प्रदेश सभा सदस्य भिमा यादव, रमेश यादव, वीरगञ्ज महानगरपालिकाका वडा अध्यक्ष प्रदिप चौरसिया, मुख्यमन्त्रीका स्वकिय सचिव दिपक यादव लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button