तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारका पाँचै जनालाई कोरोना पुष्टि

राजविराज । गत विहिवार कोरोना संक्रमणका कारण मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय व्यवसायीको परिवारका ५ जना सदस्यलाई कोरोना संक्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार उनको मृत्यु भएपछि घरलाई सिल गरेर परिवारका सवै सदस्य र कामदारसहितको स्वाव परिक्षणका लागि गजेन्द्र नारायणसिंह अस्पतालको ल्यावमा राखिएको थियो । ति मध्ये परिवारका ५ सदस्यको रिपोर्ट कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले बताउनुभयो ।

४५, १७ वर्षका पुरुष र ३६, ११, ६७ वर्षका महिलामा कोरोना पुष्टि भएको छ । कामदार मध्ये १ जनाको रिपोर्ट नेगेटिभ र अन्यको रिपोर्ट आउन वाँकी रहेको यादवको भनाई छ । यसैगरी, आईतवार नै छिन्नमस्ता ४ का ३१ वर्षिय र छिन्नमस्ता ५ का ३३ र ९ वर्षिय पुरुष, छिन्नमस्ता ५ कै २८ र ११ वर्षिय महिला तथा हनुमाननगर कंकालिनी नगरपालिका १४ का ३१ वर्षिया महिलामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

योसँगै सप्तरीमा शनिवार र आईतवारसहित कोरोना पोजेटिभको संख्या ३ सय ७७ पुगेको छ । आईतवार ११ र शनिवार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button