तपाईँ सुन्दै हुनुहुन्छः

किसानले लिएको ऋणको ब्याज प्रदेश सरकारले तिर्ने क्रम जारी

जनकपुरधाम । कोरोना भाईरसवाट जोगिनका लागि सरकारले गरेको बन्दाबन्दीका कारणले प्रभावित बनेका प्रदेश २ का किसानहरु पिडा कम गर्नका लागि बैंकको व्याज प्रदेश सरकारले तीर्ने क्रम जारी राखेको छ ।

धनुषाका ६ हजार ७ सय ८१ किसानहरुको बैंकको व्याज रकम प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न बैंक तथा सहकारी संस्थाहरुको खातामा चेक मार्फत जम्मा गरेको छ ।

उक्त रकम विभिन्न सहकारी संस्था तथा बैंकको नाममा चेक हस्तान्तरण गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले सम्बन्धित सहकारी संस्थाहरुलाई चेक हस्तान्तरण गर्नु भएको छ ।

उहाले कोरोना प्रभावित किसानलाई राहत स्वरुप प्रदेश २ का ८० हजार ऋणिलाई व्याज प्रदान गर्ने कार्यक्रम रहेका जानकारी दिनुभयो । अहिले हाल ३ लाख भन्दा कम ऋण लिएका साना किसानको खातामा रकम पठाउने क्रम प्रदेश सरकारले जारी राखेको बताउनुभयो ।

उहाले पहिलो चरणमा प्रदेश २ का झण्डै ५० हजार किसानको खातामा चार महिनाको व्याज रकम पठाइने र यो क्रम पर्सा जिल्ला हुदै धनुषा तथा महोत्तरी जिल्लामा भएको बताउनु भयो । मन्त्री साहले ३० लाखसम्म ऋण लिएका किसानलाई राहत स्वरुप व्याज दिने र आगामी दिनमा प्रदेशका ८ वटै जिल्लाका कृषकलाई प्रदान गर्ने जानकारी दिनुभयो ।

उहाले कृषि क्षेत्रमा लगभग ८० अर्ब रुपैयाँ लगानी भएको बताउँदै मन्त्री साहले लगानी अनुसारको प्रतिफल किसान तथा प्रदेशले पाउन नसकेको बताउनुभयो । जिल्ला समन्वय समिति धनुषाका सभापति रामदेव बनरैत यादवले पहिलो चरणमा धनुषा जिल्लाका १० हजार किसानको निवेदन परेको र मापदण्ड अनुसार ७ हजार ६ सय ८१ जनालाई छनौट गरिएको तथा बाँकीलाई अर्को चरणमा छनौट गरि राहत वितण गर्ने बताउनुभयो ।

राहत रकम हस्तान्तरण कार्यक्रममा आन्तरिक मामिला कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा, जनता समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साह, प्रदेशसभा सदस्यहरु राम अशिष यादव, सरस्वती चौधरी, चमेली देवी दास, मन्त्रालयका सचिव डा.विमल कुमार निर्मण, अगुवा किसान राजलाल महतोले पनि सरकारको कार्यक्रमको सराहना गर्नु भएको छ ।

आज बारा तथा भोली सिरहाका किसानलाई व्याज हस्तान्तर गरिने कार्यक्रम रहेको छ । प्रदेश नंं २ का सरकारले बन्दा बन्दीमा पिडित बनेका विभिन्न किसानहरुलाई राहत प्रदान गर्नका लागि ३६ करोड रकम विनियिोजन गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button