तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालको कार्यकारी निर्देशक केसीद्वारा पद बहाली

काठमाडौँ- रेडियो नेपालको कार्यकारी निर्देशकमा बुद्धिबहादुर केसीले आज पदबहाली ग्रहण गर्नुभएको छ ।

उहाँलाई  गत सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेको थियो ।पदबहाली गर्नुअघि उहाँले सिंहदरबारस्थित सूचना र सञ्चार प्रविधि मन्त्रालयमा शपथ ग्रहण गर्नुभएको थियो ।

उहाँलाई रेडियो नेपालका नायव कार्यकारी निर्देशकहरु अशोक बास्कोटा र कृष्ण कोइरालासहित कर्मचारीहरुले स्वागत गर्नु भएको थियो ।
नवनियुक्त कार्यकारी दिर्नेशक केसी २०४९ सालमा रेडियो प्रसारण केन्द्र दिपायलबाट रेडियो नेपालमा सेवा प्रवेश गर्नुभएको थियो ।

रेडियो नेपालका नवनियुक्त कार्यकारी निर्देशक केसी पूर्वाञ्चल विश्व विद्यालयबाट पत्रकारीता तर्फको स्नातकोत्तर तहको गोल्ड मेडलिष्ट समेत हुनुहुन्छ ।

खुला प्रतिस्पर्धामार्फत गरिएको छनोटबाट सञ्चार मन्त्रालयद्वारा सिफारिस गरिएका तीन जनामध्ये सरकारले केसीलाई  नियुक्त गर्ने निर्णय गरेको हो । केसी रेडियो नेपालकै नायव कार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

रेडियो नेपालको इतिहासमा  खुला प्रतिस्पर्धामार्फत कर्मचारीबाटै कार्यकारी निर्देशक नियक्तु भएको यो नै पहिलो पटक हो ।

Image may contain: Buddhi Bahadur Kc, sitting

Image may contain: 3 people, including Samjhana Gautam and Buddhi Bahadur Kc, people standing and beard

प्रतिक्रिया राख्नुहोस्

Back to top button