तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने तयारी


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ ।

नेपाल सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ बाट अन्तर्राष्ट्रिय खेललाई प्रशिक्षणको अनुमति दिएपछि क्यानले राष्ट्रिय टिमको प्रशिक्षण थाल्ने तयारी गरेको हो । कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै सरकारले गरेको लकडाउनको कारण पछिल्लो चार महिनाबाट क्रिकेट गतिविधि ठप्प रहेको छ ।

राष्ट्रिय टिमको प्रशिक्षण थाल्न स्वास्थ्य मन्त्रालयको सहयोगमा क्यानले खेलाडी र त्रिवि मैदानका कर्मचारीको कोरोनाको पीसीआर परिक्षण गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button