तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ–मुग्लिन सडक एकतर्फी

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चोरखोलामा आज बिहान १ः४० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले थप पहिरो पन्छाएर दुईतर्फी सञ्चालनको प्रयास भइरहेको जनाएको छ ।

सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।

लगातारको वर्षाले पहिरो जाँदा सो सडकखण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।

बिहीबार मात्र चितवनको कुरिनटारमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button