तपाईँ सुन्दै हुनुहुन्छः

माओवादीका पूर्व लडाकुलाई कांग्रेस नेताको सहयोग

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले सशस्त्र द्वन्द्वमा घाइते भइ क्यान्सर रोग बाट पीडित नैनबहादुर तामाङलाई ५० हजार उपचार खर्च सहयोग गर्नुभएको छ । भक्तपुरस्थित पीडित बसिरहेको स्थानमै पुगेर बस्नेत, वाग्मती प्रदेश सभा सदस्य निमा लामा र सुनकोसी गाउँपालिका अध्यक्ष विनोद जिसिले ५० हजार सहयोग गर्नुभएको हो । पुर्व लडाकु समेत रहेका तामाङको विभिन्न मोर्चा सम्हालेर लड्ने क्रममा घाइते हुँदा लागेको छर्राहरु ननिकाल्दा क्यान्सर भएको हो ।

लामो समय परिवर्तनका खातिर तत्कालिन जनयुद्धमा हिडेका उहाँ बिरामी परेर औषधोपचार गर्न खर्च नभएको समाचार आएपछि बस्नेतले सहयोग गर्नुृभएको हो । राजनीतिक हिसाबले फरक पार्टीको भएपनि उच्च राजनीतिक संस्कारको सुरुवात गर्दे आफुले उपचारका लागि पुर्व लडाकु तामाङलाई सहयोग गरेको पुर्व मन्त्री बस्नेतले बताउनुभयो ।

त्यस्तै बागमती प्रदेशका सामजिक विकास मन्त्री युवराज दुलालले पनि पूर्व सहकर्मी तामाङको उपचारको लागि आफुले पाउने एक महिनाको पारिश्रमिक सहयोग दिने घोषणा गर्नुभएको छ भने नेकपा निकट युवा तथा विद्यार्थी संगठन सिन्धुपाल्चोकले पनि पूर्व लडाकु तामाङको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । युवा र विद्यार्थीहरुले संकलन गरेको १ लाख २४ हजार ६ सय रुपैयाँ तामाङलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button