तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसद्वारा स्वर्ण पदक विजेता खेलाडी सम्मानित

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली काँग्रेसले नगदसहित सम्मान गरेको छ ।

काँग्रेसको केन्द्रिय खेलकुद विभागको शुक्रबार सागका स्वर्ण विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको हो । सानेपास्थित पार्टी मुख्यालय कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीलाई नगदसहित सम्मान गर्नुभएको थियो ।

विभागले एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारबाट सम्मान गरेको हो । काठमाडौं पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button