तपाईँ सुन्दै हुनुहुन्छः

पाँचतारे होटलहरु सेवा सञ्चालनको तयारीमा

काठमाडौं । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय खुलेसँगै पाँचतारे होटलले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन् ।

सरकारले साउन १५ देखि होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अपनाइ आवश्यकता अनुरुप जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी गरेका हुन् ।

चार महिना प्रायः ठप्प होटलको विजनेश विदेशी पर्यटकमा निर्भर रहने हँुदा अझै केही समय समस्यामा पर्ने देखिएको छ । खासगरी तीनदेखि पाँचतारे होटललाई समस्या हुने देखिन्छ ।

सरकारले भदौ १ गते देखि आन्तरिक र अन्तरराष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।

खर्बौं लगानी रहेका एक दर्जन बढी पाँचतारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको चुनौती भएको सम्बद्ध व्यवसायी बताउँछन् ।

होटल एशोसिएसन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलबीच शुल्कमा अस्वस्थ्य प्रतिस्पर्धा हुनसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले होटलको सेवालाई गुणस्तरीय बनाइ सेवा शुल्कमा एकरुपता ल्याउनसके उद्योगलाई दीर्घायु बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button