तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा

नेपालगञ्ज। बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमै कोरोना फैलिएपछि जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेमा विहिवार बसेको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमणको विस्तारलाई रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँले समुदायमै कोरोना फैलिएकाले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा र बस्तु बाहेक सबै बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button