तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा विषाक्त मदिराले ८६ जनाको मृत्यु


नयाँदिल्ली । विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ ।
विक्ता मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ ।
पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा बढी भट्टीमा छापा मार्नुका साथै २५ जना भन्दा बढीलाई पक्राउ गरेको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् ।

बिषाक्त मदिरा सेवनबाट भारतको पञ्जाब राज्यमा बिगत केही दिनदेखि मृत्युु हुनेको संख्या बढेको त्यहाँको प्रहरीले बताएको छ ।

मृतकको संख्या बढेपछि पञ्जाबका मुख्य मन्त्री अमरिन्दर सिहंले घट्नाको अनुसन्धान गर्न निर्देशन दिनुुभएको छ । भारतमा बिषदीयुक्त मदिरा सेवनबाट बर्षेनी लाखौ मानिसको मृत्युु हुने गरेको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button