तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा अध्यक्षद्वयसहित चार नेताबीच छलफल

फाइल तस्बिर

काठमाण्डौ । पार्टीभित्र देखिएको विवादको समाधान खोज्न नेपाल कम्युनिष्ट पार्टी, नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा अहिले छलफल भईरहेको छ ।

छलफलमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता सुभाष नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी समिति बैठकमा पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि नेकपामा नयाँ विवाद सुरु भएको हो ।

दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा स्थायी समिति बैठक पटकपटक स्थगित हुँदै आएको छ । पार्टीको विवाद समाधान गरी सहमति जुटाउन पार्टीका अन्य नेताहरुले दुबै अध्यक्षलाई जिम्मेवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button