तपाईँ सुन्दै हुनुहुन्छः

पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक

बाँके- नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यस निकुञ्जमा करिब १०० पाटे बाघ रहेको बताएका छन् । यसअघिको पाटे बाघ गणनामा बाघको सङ्ख्या ८७ रहेको थियो ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले पाटे बाघ संरक्षण गरिरहेको छ । निकुञ्जले अहिले बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिएको छ । बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न कार्ययोजनाअनुसार काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या २१ पुगेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाल, भारत, बङ्गलादेश र भूटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्योन्मुख छन् । चीन, लाओस, म्यान्मा, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । अहिले विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ ।

सन् २०१० मा रुसमा भएको बाघ पाइने देशहरुको अन्तरराष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या २५० पु¥याउनु पर्नेछ । सन् २०१० मा नेपालमा १२१ वटा बाघ रहेकामा अहिले नेपालमा २३५ वटा पुगेका बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण प्रमुख बरालले जानकारी दिनुभयो ।

अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेका कारण मानव र पाटे बाघबीच द्वन्द्व बढिरहेका बेलामा बर्दियामा बाघको आक्रमणबाट धेरै आक्रमणमा परेको र मान्छेको मृत्युसमेत भएको बरालको भनाइ छ । बर्दियामा बाघको आहारा र बासस्थानको उचित व्यवस्थापन एवं चोरी सिकारी नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको दुई वटा राष्ट्रिय निकुञ्जका अधिकृतले बताउनुभएको छ ।

नेपालमा वयस्क बाघबाहेक उल्लेख्यरूपमा डमरु पनि रहेको उल्लेख गर्दै अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्नसक्ने बताउनुभयो । नेपालमा सन् २०१८ मा गरिएको एउटा गणनामा लगभग २३५ वटा बाघ रहेको पाइएको थियो । सन् २००९ मा गरिएको गणनाले नेपालमा १२१ वटा बाघ रहेको आँकलन गरेको थियो । सन २०२२ सम्म बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य राखिएको छ । यो उल्लेख्य सफलता पछिल्लो वर्षमा बाघको सङ्ख्या तेब्बरसम्म बढ्नसक्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृतहरुको भनाइ छ ।

बर्दियामा निकुञ्जका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा करिब ५० वटा बाघ रहेकामा सन २०१८ मा बढेर ८७ पुगेको थियो । पछिल्लो तीन वर्षमा चोरी सिकारी शून्य रहेकाले बाघको सङ्ख्या उलेख्यरुपमा बढेका कारण उहाँले थप भने मानव र बाघबीच द्वन्द्व हुने खतरा रहेको बरालले बताउनुभयो । उहाँका अनुसार बाघको आहारा प्रजातिका जनावरमध्ये चित्तल, चौका र बँदेल जस्ता जनावारको सङ्ख्या पनि वृद्धि भएको छ ।

बरालले भन्नुभयो, “चोरी सिकारी शून्य छ र आहारा प्रजातिका जनावर प्रशस्त छन् । बासस्थानको व्यवस्थापन पनि राम्रो भइरहेकाले बाघको सङ्ख्या वृद्धि हुँदै गएको हो ।” निकुञ्ज आसपासमा वयस्क लकडाउनमा बाघसँगै डमरु पनि थुप्रै देखिन थालेका छन् । बाघको पानीका लागि बर्दियामा १०० भन्दाबढी पोखरी निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

नेपालमा बाघको सङ्ख्या २३५ रहेकामध्ये ९३ वटा चितवन राष्ट्रिय निकुञ्ज, ८७ वटा बर्दिया राष्ट्रिय निकुञ्ज, २१ वटा बाँके राष्ट्रिय निकुञ्ज १८ वटा पर्सा राष्ट्रिय निकुञ्ज, १६ वटा शुक्लाफाँटा, रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा चार वटा मात्र बाघ रहेकामा सन् २०१८ मा यो सङ्ख्या बढेर २१ पुगेको थियो । सन् २०१८ मै लक्ष्य पूरा गरिसकेकाले अब गणना गर्दा तेबरभन्दा बढी सङ्ख्यामा वृद्धि हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०१८ मा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँच वटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिएको थियो ।”

नेपालमा सबैभन्दा बढी सङ्ख्यामा बाघ चितवनमा पाइने भए पनि सङ्ख्या वृद्धिको दर हेर्दा बाँके र बर्दिया अगाडि रहेको छ । भट्टराईले भन्नुभयो, “निकुञ्जको क्षेत्रफल र आहारविहारको राम्रो व्यवस्थापनले सङ्ख्या वृद्धिमा महत्वपूर्ण भूमिका मा हामी खेलिरहेको दाबी गरिरहेका छौँ ।” उहाँले भन्नुभयो, “पश्चिम नेपालका निकुञ्जमा भालेभन्दा पोथी बाघको सङ्ख्या बढी नै छ । त्यस कारण पनि बाघको सङ्ख्या बढेको हो ।”

निकुञ्जले संरक्षणका लागि पहल कदमी चालिएका बेला यो कदम उत्तम भएको छ यसअघि निकुञ्जमा बाघलगायतका वन्यजन्तुका लागि खानेपानीको सबैभन्दा बढी समस्या बाँकेमा थियो । पानीकारण वन्यजन्तु कर्णाली, बबई तथा राप्ती नदी किनारमा जाने गर्थे । बाँके राष्ट्रिय निकुञ्ज आसपास भएका सडक क्षेत्रमा बाघको डमरु र चितुवाले ज्यानसमेत गुमाएका बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै बाँके राष्ट्रिय निकुञ्जका ५२ वटा जनावरको मृत्यु सडक दुर्घटनाका कारण भएको निकुञ्जले जनाएको छ । पानीको खोजमा निस्कँदा हुने जोखिम कम गर्न निकुञ्जमा झण्डै १०० वटा पोखरी बनाएको छ । त्यसबाहेक बाघको आहारा प्रजातिका लागि दुवै निकुञ्जमा घाँसे मैदान निर्माण गरिएको अधिकारी बताएका छन् । बाँके बर्दियामा बाघ संरक्षणका चुनौती धेरै रहेको बताएका छन्  ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button