तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १५०५ पुग्यो

तनहुँ । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितमा तनहुँका दुई जना, स्याङ्जाका आठ जना, लमजुङका तीन जना, बागलुङका एक जना, कास्कीका ६ जना रहेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको एक जना र म्याग्दे गाउँपालिकाको एक जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै स्याङ्जाको पुतली बजार नगरपालिकाको दुई जना महिला र एक जना पुरुष गरी तीन जना र वालिङ नगरपालिकाका पाँच जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै लमजुङको सुन्दर बजार नगरपालिकाका दुई जना र दोर्दी गाउँपालिकाको एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसै गरी बागलुङको बागलुङ नगरपालिकाका एक जना पुरुषलाई समेत सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीको पोखरा महानगरपालिकाका एक जना पुरुष र रुपा गाउँपालिकाका तीन जना पुरुष र दुई जना महिला गरी कुल छ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय पाँच पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नयाँ २० जना सङ्क्रमित भेटिएका हुन ।

सबै सङ्क्रमित व्यक्तिहरूलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार दुई सय ४५ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button