तपाईँ सुन्दै हुनुहुन्छः

केरुङ च्छो ताल फुट्ने जोखिम कायमै, सचेत रहन आग्रह

फाइल तस्बिर

सिन्धुपाल्चोक । छिमेकी मुलुक चीनमा रहेको न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेकाले सचेत रहन सिन्धुपाल्चोक प्रशासनलाई जानकारी आएको छ ।

ताल फुटेमा सिन्धुपाल्चोक भोटेकोशी तटीय क्षेत्रमा क्षति पुर्‍याउन सक्ने भएकाले सचेत रहन आग्रह गरेको छ ।

तिब्बत क्षेत्रमा निरन्तरको वर्षाको कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो ।

शनिवार राती पनि भोटेकोशी नदिको बहाव बढेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । ‘शनिवार पनि भोटेकोशीको बहाव बढेको थियो । तर, ताल फुटेको हल्ला मात्रै हा े। जोखिम उत्तिकै छु’ उहाँले भन्नुभयो, ‘त्यसैले भोटेकोशी तटीय क्षेत्रका स्थानीयलाई हामीले सुरक्षित रहन आग्रह गरेको छौँ ।’

तातोपानीलगायत सबै पोष्टका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि पनि न्यालम क्षेत्रमा अत्याधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।

भोटेकोशी तटीय क्षेत्रमा जोखिम पूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि प्रशासनले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेका छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button