तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय सल्यानबाट झन्डै दुई करोड राजस्व सङ्कलन

सल्यान । गत आर्थिक वर्ष २०७६/०७७ मालपोत कार्यालय सल्यानले झन्डै दुई करोड राजस्व सङ्कलन गर्न सफल भएको  छ ।

मालपोत कार्यालय सल्यानबाट विभिन्न लिखतहरूबाट एक करोड ९४ लाख २७ हजार सात सय ४१ रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको मालपोत कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महादेव कसाईले जानकारी दिनुभयो ।

उनका अनुसार मालपोत कार्यालयबाट पारित हुने  राजीनामा, बकस पत्र, नामसारी, अशंवण्डा, अशंभपाई , घर कायम, दृष्टिवन्धक, नाम संशो धनबाट गरी एक करोड ड ९४ लाख २७ हजार सात सय ४१ रुपैयाँ सङ्कलन भएको उहाँको भनाई छ   ।

गत आवमा मालपोत त कार्यालय सल्यानबाट तीन हजार रजिष्टे«शन लिखत पारित भएको छ ।

ने पाल सरकारले मालपोत कार्यालय सल्यानबाट छुट पाउने महिला, दलित, अपाङ्गलाई गरी सात सय ९९ जनालाई २० लाख ४५ हजार छ सय ३९ रुपैयाँ छुट दिएको मालपोत कार्यालय सल्यानका सूचना अधिकारी दिपक बुढाथोकीले बताउनुभयो ।

गत आवमा नामसारी तीन सय ६१, अदालतको  आदेशबाट एक सय २० वटा दाखा, नाम संशोधन एक सय २०, शे पछिको वकसपत्र दाखा छ जना, लगत कट्टा पाँच, जिल्लाको लिखत दाखा दुई वटा लिखत पास गरेको उहाँको भनाई छ  ।

सहरी महिला चार सय ६५ सय जना, ग्रामीण महिला तीन सय २६ जना गरी सात सय जनालाई गरी २० लाख ४५ हजार छ सय सय ३९ रुपैयाँ छुट दिइएका सूचना अधिकारी बुढाथोकीले बताउनुभयो   ।

यस्तै  सहरी दलित आठ जना ग्रामीण दलित दुई गरी आठ जनालाई १६ हजार एक सय ५० रुपैयाँ छुट दिएको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button