तपाईँ सुन्दै हुनुहुन्छः

भारतको समाजवादी पार्टीका पूर्व नेता सिंहको निधन

नयाँदिल्ली –  भारतको राज्यसभा सदस्य तथा समाजवादी पार्टीका पूर्व नेता अमर सिंहको निधन भएको छ । उहाँको उपचारका क्रममा सिंगापुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

नेता सिंहको सन् २०११ मा मृगौला प्रत्यारोपण गरिएको थियो । ६४ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएको थियो ।

“बरिष्ठ नेता तथा सांसद अमर सिंहको असामयिक निधनको खबरले हामीलाई अत्यन्त दुःखित बनाएको छ,” रक्षा मन्त्री राजनाथ सिंहले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ । रासस/पिटिआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button