तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप एक जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज

नेपालगन्ज । बाँकेमा आज थप एक जना कोरोना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या तीन सय ८७ पुगेको छ ।

खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेसनबाट कोहलपुर नगरपालिका वडा नम्बर ८ का ३९ वर्षीय पुरुष निको भएर डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button