तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा पहिरोले दुई घर बगायो, एक सय ५० घरपरिवार विस्थापित

जाजरकोट । लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–७, सुवाकोटमा पहिरोले दुई घर बगाएको छ भने एक सय ५० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

आइतबार बिहान सुवाकोटका भीमबहादुर शाही र जनकबहादुर शाहीको घर पहिरोले बगाएको हो ।

घरमा सात जनाको परिवार बिहानको खाना खाइरहेका थिए घर माथिबाट पहिरो आयो स्थानीय प्रेमकुमारी शाही बताउनुभयो । मान्छेले भागेर ज्यान जोगाउन सफल भए शाहीले भन्नुभयो ।

पहिरोले स्याला, लुहाग र सुवाकोट गाउँका एक सय ५० घरपरिवार पहिरोका कारण विस्थापित भएको वडा अध्यक्ष वसन्त शाहीले जानकारी दिनुभयो ।

विस्थापितहरूलाई विद्यालय, सार्वजनिक चौर, आफन्तको घर बस्न भनिएको छ वडा अध्यक्ष शाहीले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button